राजनीति

मन्थली नगरपालिकाकाे प्रमुखमा महेश कुमार कार्कीद्वारा उम्मेद्वार बन्ने घाेषणा

रामेछाप । नेपाली कांग्रेसका युवा नेता महेश कुमार कार्कीले मन्थली नगरपालिकाकाे प्रमुख पदमा उम्मेद्वारी दिने घाेषणा गरेका छन् । 

"घर-घर जाऔँ, कांग्रेस जिताऔँ अभियान" अन्तर्गत मन्थली नगरपालिका वडा न.५ सुनारपानीमा बिहीबार आयोजित कार्यक्रममा कार्कीले नगरपालिकाकाे प्रमुख पदमा उम्मेद्वारी दिने घाेषणा गरेका हुन् ।

वैशाख ३० गते हुन लागेकाे स्थानीय निर्वाचनमा उम्मेद्वारी दिने क्रम शुरू भएकाे छ । 

रामेछापबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिसमेत रहेका कार्कीले नेविसंघबाट राजनीति शुरू गरेका हुन् । शैक्षिक परामर्श पेशामा आवद्ध उनी रामेछापमा कांग्रेस संगठन निर्माणमा पनि उत्तिकै क्रियाशील छन् ।

०४६ मा निरङ्कुश पञ्चायती व्यवस्था तथा ०६२/६३ तानाशाही राजतन्त्रविरूद्ध सक्रिय सहभागी भएका कार्की संघीय मामिला तथा प्रदेश समन्वय विभागकाे सदस्यका रूपमा काम गरिसकेका छन् ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) तथा लाेकतान्त्रिक शैक्षिक परामर्श संघ (डिक्यान) का सल्लाहकारसमेत रहेका कार्की सामाजिक कार्यमा पनि सक्रिय छन् । 

गाउँ सहर संवाददाता

तपाईँको मत