आईसीसी महिला विश्वकपको उपाधि अष्ट्रेलियाले जित्याे
- गाउँ सहर संवाददाता
- २० चैत आइतबार, २०७८ | १४:४४:०० मा प्रकाशित
काठमाडौं । फाइनलमा इंग्ल्यान्डलाई पराजित गर्दै सन् २०२२ संस्करणको आईसीसी महिला विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको छ ।
क्रिष्टचर्चमा भएको फाइनल खेलमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई ७१ रनले पराजित गर्यो । अष्ट्रेलियाले यो सहित ७ पटक विश्वकप जितेको हो ।
विश्वकपका सबै ९ खेलमा अष्ट्रेलिया अपराजित रहँदै च्याम्पियन बनेको हो ।
३ सय ५७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ४३ ओभर ४ बलमा २ सय ८५ रन बनाउँदा अलआउट भयो । इंग्ल्यान्डकी नाट सिभरले शतकीय इनिङ खेलेपनि जित दिलाउन सकिनन् । उनी १ सय २१ बलमा १५ चौका र १ छक्का प्रहार गर्दै १ सय ४८ रनमा अविजित रहिन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ५७ रन बनायो । उसको ठुलो स्कोरमा एलेस्या हिएलेले १ सय १७ रनको शतकीय इनिङ खेलिन् ।
यसअघि अष्ट्रेलियाले सन् १९७८, सन् १९८२, सन् १९८८, सन् १९९७, सन् २००५ र सन् २०१३ मा विश्वकप उपाधि जितेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस