अर्थतन्त्र

नेप्सेमा दोहोरो अंककाे गिरावट, काराेबार रकम पनि घट्याे

 काठमाडाैं । नेप्से साताको कारोबारको दोस्रो दिन सोमबार दोहोरो अंकले घटेको छ । आज नेप्से १५.९४ अंकले घटेर दुई हजार ४ सय ९७ दशमलब ४७ विन्दुमा थामिएकाे हो । आइतबार नेप्से ३०.८९ अंकले घटेर दुई हजार ५ सय १३ दशमलब ४१ विन्दुमा बन्द भएको थियो । 

आज कारोबार रकममा सामान्य वृद्धि भएको छ । आज १ अर्ब ५८ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार १ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।   

आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । इमर्जिङ नेपालको शेयरमूल्य ९.१२ प्रतिशतले बढेर प्रतिकित्ता १४७० रुपैयाँ पुगेको छ भने राष्ट्र उत्थानको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १५९६.५० रुपैयाँ पुगेको छ । त्यस्तै, नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १२७७.३० रुपैयाँ पुगेको नेप्सेले जनाएकाे छ ।

नेप्सेका अनुसार आज सिटिजन्स म्युचुअल फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । जसको शेयरमूल्य आज ५.६६ प्रतिशतले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी इमर्जिङ नेपालको भएको छ । यस कम्पनीको आज ६३ करोड ९१ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत