निर्वाचन आयोगले बोलायो ७९ दललाई, आचारसंहिता पालनाबारे छलफल गर्ने
- गाउँ सहर संवाददाता
- २२ चैत मंगलबार, २०७८ | ०७:५८:०० मा प्रकाशित
काठमाडौं । निर्वाचन आयोगले स्थानीय निर्वाचनमा भाग लिने ७९ वटा राजनीतिक दलहरूसँग छलफल गर्दैछ।
स्थानीय तह निर्वाचनको आचारसंहिताको पालनाका लागि दलहरूको प्रतिवद्धता बारेमा छलफल गर्न विहान साढे ११ बजे ७९ दलका प्रतिनिधिलाई बोलाएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाकारी दिए।
आजको छलफलमा आयोगले निर्वाचनसम्बन्धी आचारसंहिता कार्यान्वयन गर्न दलहरूबाट प्रतिबद्धता खोज्ने तयारी गरेको छ। साथै, आयोगले सो अवसरमा दलहरूलाई आचारसंहिताको पूर्ण पालनाका लागि आग्रह पनि गर्नेछ। दलहरूको प्रतिवद्धतापछि आयोगको बैठक बसेर आचारसंहिता लागू गर्ने मिति टुंगो लगाउने छ। तर कहिलेदेखि लागू गर्ने बारे टुंगो लागि नसकेको पौडेलले बताए।
गाउँसहरसँग कुरा गर्दै पौडेलले भने, स्थानीय चुनावमा भाग लिने ७९ वटै दललाई छलफलका लागि बोलाएका छौँ, दलहरूको प्रतिवद्धतापछि बैठक बसेर आचारसंहिताको टुंगो लगाउने छौं ।’
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस