गाउँ सहर

तीन लाख नगदसहित पाँच जना जुवाडे पक्राउ

बाँके । प्रहरीले  जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेकाे छ । कोहलपुर नगरपालिका ११ बस पार्कस्थित होटेल रेडिसनबाट जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हाे ।

उक्त होटलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ६२ हजार ६ सय ५० रूपैयाँ सहित फेला पारी पक्राउ गरेको जानकारी दिएकाे छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत