अबको तीन दिनभित्र आचारसंहिता लागू हुन्छ : निर्वाचन आयोग
- गाउँ सहर संवाददाता
- २३ चैत बुधबार, २०७८ | १३:१४:०० मा प्रकाशित
काठमाडाैं । स्थानीय चुनावको घोषणा भएको हप्तौँ बितिसक्दा पनि निर्वाचन आचारसंहिता जारी नगरेको निर्वाचन आयोगले अबको तीन दिनभित्र आचारसंहिता लागू हुने स्पष्ट पारेको छ । आचारसंहिता कार्यान्वयन गराउनका लागि संस्थागत गृहकार्य भइरहेको र तीन दिनमा काम सकिने आयोगले प्रष्ट्याएको छ ।
‘भोलिसम्म आयोगले सबैतिर हेर्ने गरी जिल्ला प्रशासन कार्यालय र स्थानीय प्रशासनलाई जिम्मेवारी दिन्छ । त्यो जिम्मेवारी जिल्ला निर्वाचन कार्यालय खुलेपछि निर्वाचन अधिकृतहरूले सम्हाल्नेछन्’ प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले भने, ‘सम्बन्धित निकायहरूलाई क्रियाशील गराएर आचार संहिताको प्रभावकारी कार्यान्वयन गराउन अधिकारसहितको संस्थागत व्यवस्था आयोगले गर्नेछ । भोलि यो व्यवस्था गरिसकेपछि ७७ वटै जिल्लामा सर्कुलर गर्ने र त्यसको दुई दिनभित्र आचारसंहिता लागू हुन्छ ।’
त्यसैगरी मिडिया र सामाजिक सञ्जालको अनुगमनका लागि आजै कार्यदल बन्ने जानकारी दिँदै उनले भने, ‘आज बन्ने कार्यदल मिडिया र सामाजिक सञ्चालनको अनुगमनका लागि शुक्रबारदेखि नै क्रियाशील हुन्छ । २५ गते कार्यदल क्रियाशील हुन्छ । त्यहाँबाट हुन सक्ने भ्रामक समाचार र साइबर सेक्युरिटी हेर्नका लागि समिति बन्छ ।’
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस