अर्थतन्त्र
आज पनि बढ्यो सुनकाे मूल्य
- गाउँ सहर संवाददाता
- २५ चैत शुक्रबार, २०७८ | १३:१६:०० मा प्रकाशित
काठमाडाैं । शुक्रबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । आज बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर ९९ हजार ५०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएकाे छ । सुन अघिल्लो दिन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ छ । यसको मूल्य बुधबार प्रतितोला ९८ हजार ५०० रुपैयाँ थियो ।
आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार ३५५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९२८ डलर आसपास कारोबार भइरहेको महासंघले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस