इमरान खान सरकारबाट किन बाहिरिए ?
- गाउँ सहर संवाददाता
- २७ चैत आइतबार, २०७८ | ११:१५:०० मा प्रकाशित
एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खान संसद्मा विश्वासको मत प्राप्त गर्न विफल भएपछि सत्ताबाट बाहिरिएका छन् । सर्वोच्च अदालतले सदर गरेको विपक्षीहरूद्वारा ल्याइएको अविश्वासको प्रस्तावमाथि आइतवार मध्यरातपछि मतदान गरिएको थियो ।
खानले आफूले विपक्षीहरूको सरकारलाई मान्यता नदिने बताउँदै प्रमाण नदेखाई आफूलाई पदबाट हटाउन अमेरिकाको नेतृत्वमा षडयन्त्र भएको दाबी गरेका छन् । पाकिस्तानको संसद्ले सोमवार नयाँ प्रधानमन्त्री चयन गर्नेछ । नयाँ प्रधानमन्त्रीले अर्को चुनावको मिति अर्थात् सन् २०२३ को अक्टोबरसम्म सत्ता सम्हाल्नेछन् । सत्तारुढ दलका सदस्य वा सभामुख नरहेको अवस्थामा राष्ट्रिय सभाको बैठक सञ्चालन गर्ने जिम्मा पाएका आयाज सादिकले आइतवार ११ बजेभित्र उम्मेदवारी दर्ता गरिनुपर्ने बताएका छन् ।
खान अविश्वासको प्रस्तावबाट सत्ताबाट हटाइएका पहिलो पाकिस्तानी प्रधानमन्त्री हुन् । बिहीवार सर्वोच्च अदालतले ६९ वर्षका खानले अविश्वासको प्रस्तावलाई अवरुद्ध तुल्याउँदै असंवैधानिक ढङ्गले संसद् विघटन गरेको ठहर गरेको थियो । बीबीसी
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस