अर्थतन्त्र

साेमबार सुनकाे मूल्य घट्याे, कति पुग्याे ताेलामा ?

काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ । सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ । आइतबार सुन तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको मूल्य तोलाको ९९ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य भने स्थिर छ । आइतबार एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कायम भएको महासंघले बताएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत