गाउँ सहर
विमानस्थलबाट अवैध सुनसहित तीन जना पक्राउ
- गाउँ सहर संवाददाता
- २८ चैत सोमबार, २०७८ | १४:५५:०० मा प्रकाशित
काठमाडाैं । प्रहरीले अवैध सुनसहित विमानस्थलबाट तीन जनालाइ पक्राउ गरेकाे छ । २९९.८८ ग्राम अवैध सुनसहित विमानस्थलबाट रसुवाका तीन जनालाइ पक्राउ गरेकाे प्रहरीले जानकारी दिएकाे छ । एयर अरेवियाको उडानद्वारा सारजाहाबाट काठमाडौं आएका उनीहरु सुनसहित पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा रसुवा नौकुण्ड गाँउपालिकाका ३२ वर्षीय सुकुराम लामा, २७ वर्षीय पेम्बा थोक्रा र २२ वर्षीय बुद्धिमान तामाङ रहेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिई जाँच गर्दा उनीहरुको साथबाट उक्त परिणामकाे सुन भेटिएको प्रहरीले जनाएकाे छ । उनीहरुले सुनको सिक्री बनाएर सो सुन नेपाल भित्र्याएको विमानस्थल प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस