फिलिपिन्समा समुद्री आँधीपछिको बाढीपहिरोमा परी कम्तीमा २५ जनाकाे मृत्यु
- गाउँ सहर संवाददाता
- २९ चैत मंगलबार, २०७८ | १३:३६:०० मा प्रकाशित
एजेन्सी । बाढीपहिरोमा परेर कम्तीमा २५ जनाको मृत्यु भएको छ । फिलिपिन्समा समुद्री आँधीपछिको बाढीपहिरोमा परेर कम्तीमा २५ जनाको मृत्यु भएको हाे । ६५ किलोमिटर प्रतिघण्टाको वेगमा आएको र स्थानीय रूपमा अगाटनसमेत भनिने मेगी आँधीबाट पूर्वी तट प्रभावित भएकाे छ । बाढीपहिरोमा केही घाइते भएका छन् । शक्तिशाली आँधी आएपछि पूर्वी तटका १३ हजारभन्दा बढी मानिस आश्रयका लागि उच्च क्षेत्रमा भागेका थिए ।
मंगलबार उद्दारकर्ताका टोलीहरू अझै पनि पूर्वी र दक्षिणी तटहरूमा बिचल्लीमा परेका मानिसहरूलाई बाहिर निकाल्न प्रयास गरिरहेका छन् ।
भीषण वर्षा र हावाले विद्युत आपूर्ति अवरोध गर्नुका साथै घर तथा मैदान जलमग्न बनाएको थियो । बाढीका कारण गाउँमा पहिरो गएको थियो । उद्धारकर्ताहरू हिलोको दलदलमा हिंडिरहेको र जलमग्न घरहरू भएको क्षेत्रहरूमा पुग्न प्रयास गरिरहेको तस्बिर सामाजिक सञ्जालरूमा सेयर गरिएका छन् ।
बाढीपहिरोबाट लियती प्रान्त सबैभन्दा बढी प्रभावित छ । सो प्रान्तमा अहिलेसम्म २२ शव फेला परेको प्राप्त विवरणहरूमा जनाइएको छ । ‘म रोइरहेको थिए, किनकी नजिकै मानिसहरू पुरिएका थिए’, लियतीका एक स्थानीयले भने ।
आँधीपछिको बाढीपहिरोबाट दक्षिणी तटको डाभाओ क्षेत्रमा कम्तीमा तीन जनाको मृत्यु भएको राष्ट्रिय विपद् निकायले जानकारी दिएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस