अर्थतन्त्र

ताेलामा ६ सयले बढ्याे सुनकाे मूल्य

काठमाडाैं । नेपाली बजारमा बुधबार सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ । आज छापावाल सुन तोलाको ६ सयले बढेर एक लाख एक हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ । 

हिजाे सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार तेजाबी सुनको मूल्य तोलाको एक लाख एक हजार रुपैयाँ निर्धारण भएको छ ।   चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । मंगलबार एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार चार सय ८० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत