समाज
कांग्रेसले उम्मेदवार टुंगो लगाउन सात प्रदेशमा सात सह-महामन्त्री खटाउने
- गाउँ सहर संवाददाता
- ३० चैत बुधबार, २०७८ | २०:५७:०० मा प्रकाशित
काठमाडौं । कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टीका सातजना सहमहामन्त्रीलाई प्रदेशमा पठाउने निर्णय गरेको छ ।
आज बसेको बैठकले नगरपालिका र गाउँपालिकाका उमेदवारको टुङ्गो लगाउन वैशाख ३ गते सहमहामन्त्रीहरूलाई सातवटै प्रदेशमा पठाउने निर्णय गरेको हो ।
प्रदेशमा उम्मेदवारको टुंगो लगाउन नसके वैशाख ९ गते साँझसम्म केन्द्रमा नामावली पठाउने र केन्द्रले वैशाख १० गते बिहानसम्म टुंगो लगाउने निर्णय गरेको छ ।
उनीहरूले प्रदेशमा उमेदवारको टुङ्गो लगाउने प्रयास गर्नेछन् । प्रदेशमा टुङ्गो नलागे उनीहरूले वैशाख ९ गते साँझसम्म केन्द्रमा पठाउनेछन् । वैशाख १० गते बिहानसम्म केन्द्रले टुङ्गो लगाउनेछ ।
वैशाख २ गते केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बोलाइएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस