राजनीति

कांग्रेसबाट ललितपुर महानगरको मेयरमा ७ जना सिफारिस (नामसहित)

काठमाडाैं । ललितपुर महानगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसबाट सात जनाको नाम सिफारिस भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिएसँगै ललितपुर कांग्रेसले सात जनाको नाम सिफारिस गरेको हो ।

पार्टीको महानगर कार्य समितिको बैठकले कांग्रेसबाट ललितपुर महानगरको मेयर पदमा सात जना सिफारिस गरेको हो । कार्य समिति बैठकअनुसार मेयरमा सिफारिस हुनेहरूमा हालका मेयर र उपमेयरसम्म रहेका छन् ।

कांग्रेस ललितपुर महानगर कार्यसमितिले सभापति शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याछ्ओ र प्रेमकृष्ण महर्जन, अहिलेका मेयर चिरीबाबु महर्जन, अहिलेको उपमेयर गीता सत्याल, महानगरका पूर्वसभापति राजेश महर्जन र महाधिवेशन प्रतिनिधि अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस गरेको हो ।

महानगरमा मेयरको उम्मेदवारको टुंगो कांग्रेस केन्द्रीय कार्य समितिले लगाउने छ । कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरिसकेको छ ।

आज दिउँसो १ बजे कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक बस्ने भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत