राजनीति

नेकपा एमाले र गोविन्दराज जोशी समूहबीच गठबन्धन

काठमाडाैं ।  तनहुँमा नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको समूह र नेकपा एमालेबीच चुनावी तालमेल हुने भएको छ । गएराति जोशी र एमालेका जिल्लास्तरका नेताहरुबीच यस्तो सहमति भएको  जनाइएकाे छ । जोशी निकट एक नेताका अनुसार तनहुँका १० वटै स्थानीय तहमा जोशी र एमालेका उमेदवारबीच तालमेल हुने भएको छ । ति नेताले भने ‘हामीले सूर्य चिह्न लिदैनौँ । स्वतन्त्र चिह्नमा लड्ने हामीलाई एमालेले सहयोग गर्नेछ भने हामीले एमालेलाई सहयोग गर्नेछौं । ’

जोशी र एमालेका जिल्लास्तरका नेताहरुबीच यस्तो सहमति भएको बताइएको छ ।

तर दमौलीमा भने जोशीले आफ्ना छोरा दीपक जोशीलाई उमेदवार बनाएका छन् ।

तनहुँमा कांग्रेस नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशीको द्वन्द्व छ । अघिल्लो निवार्चनमा जोशीले रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएपछि कांग्रेसले जोशीलाई पाँच वर्षका लागि पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको थियो । जोशीमाथि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि बनेको नेकपाका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) लाई जिताउन भूमिका खेलेको आरोप थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत