राजनीति

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा साँझ ६ बजे बैठक बस्ने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

स्थानीय तह निर्वाचनको तयारी, चुनावी घोषणापत्र, उमेदवार छनोटलगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । विशेषगरी घोषणापत्रलाई अन्तिम रूप दिने तयारी छ । एमालेको घोषणापत्र यही वैशाख ९ गते सार्वजनिक गरिने बताइएको छ ।

सचिवालय बैठकअघि आजै एमालेको केन्द्रीय कार्यालयको बैठक पनि बस्दै छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत