मासिक ३ लाख भाडा तिर्ने गरी एमालेकाे नयाँ पार्टी मुख्यालय च्यासलमा
- गाउँ सहर संवाददाता
- ५ बैशाख सोमबार, २०७९ | १३:४९:०० मा प्रकाशित
काठमाडाैं । थापाथलीबाट एमालेकाे पार्टी मुख्यालय फेरी सर्ने भएकाे छ । नेकपा (एमाले) ले तुलसीलाल अमात्य प्रतिष्ठानसँग मासिक ३ लाख रुपैयाँ भाडा तिर्ने गरी पार्टी मुख्यालय राख्ने सम्झौता गरेको छ ।
ललितपुरको च्यासलमा रहेको तुलसीलाल अमात्य प्रतिष्ठानमा एमालेले वैशाख ९ गतेदेखि पार्टी केन्द्रीय कार्यालय राख्दैछ । एमालेले पार्टी स्थापना दिवसको कार्यक्रम च्यासलमै गर्ने तयारी गरेको हो ।
पार्टी कार्यालयका सामानहरू सार्ने काम अन्तिम चरणमा पुगेको एमाले प्रचार-प्रसार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।
थापाथलीस्थित कार्यालय साँघुरो भएपछि एमालेले पार्टी मुख्यालय सार्न लागेको हो । प्रतिष्ठानको च्यासलमा प्रशस्त ठाउँ छ । प्रतिष्ठानको कार्यालय भने भवन नजिकैको खाली ठाउँमा बनाइँदैछ ।
एमालेले ५ वर्षका लागि भवन भाडामा लिन लागेको जनाएकाे छ । भवनमा बनेका संरचना ५ वर्षपछि प्रतिष्ठानकै हुनेछन् । तुलसी लाल प्रतिष्ठान स्वायत्त संस्था भएपनि त्यसको सञ्चालन एमालेकै नेताहरुको नेतृत्वमा हुन्छ ।
प्रतिष्ठानको अध्यक्ष एमाले नेता एवम् पुर्व मन्त्री गोपाल शाक्य छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस