शेयर बजारमा उच्च अंककाे वृद्धि, २ अर्ब ५३ करोडको कारोबार
- गाउँ सहर संवाददाता
- ११ बैशाख आइतबार, २०७९ | १५:२०:०० मा प्रकाशित
काठमाडाैं ।निरन्तर गिरावट भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको पहिलो दिन आइतबार उच्च अंकले वृद्धि भएकाे छ । आज नेप्से ९५.४६ अंकले बढेर दुई हजार ४ सय २० दशमलब ९१ विन्दुमा पुगेको हो ।
नेप्सेका अनुसार आज कारोबार रकममा पनि सामान्य सुधार भएको छ । आज नेप्सेमा दुई अर्ब ५३ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । गत हप्ता दैनिक डेढ अर्बको हाराहारीमा कारोबार भएको थियो ।
आज कारोबार भएका १९३ कम्पनीको शेयरमूल्य बढेको छ भने एक कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि १० कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने २५ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको नेप्सेले जनाएकाे छ ।
आज नेपाल इन्भेष्टमेन्ट बैंकको डिभेञ्चरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९.८९ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सानिमा बैंकको प्रमोटर शेयरको भएको छ । यस कम्पनीको आज २२ करोड भन्दा बढीको कारोबार भएको नेप्सेले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस