राजनीति

मंगलबारबाट मतपत्र ढुवानी सुरु, ८० प्रतिशत मतपत्र छपाईको काम सकियाे

काठमाडाैं । निर्वाचन आयोगले वैशाख ३० हुने स्थानीय निकायको निर्वाचनका लागि आजबाट मतपत्र ढुवानी सुरु गर्ने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ८० प्रतिशत मतपत्र छपाईको काम सकिएको जानकारी दिएका छन् ।

उनका अनुसार बांकी २० प्रतिशत छपाई कार्य जारी रहेको छ । हेलिकोप्टर, कन्टेनर, ट्रकलगायत सवारी साधनबाट ढुवानी हुने उनले जनाए ।

उनले भने,’हालसम्म ६८ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मत पत्र छाप्ने काम सकिएको छ ।’ आयोगले एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत