शेयर बजारमा हरियाली, एक अर्ब ४ करोडमाथिकाे काराेबार
- गाउँ सहर संवाददाता
- १४ बैशाख बुधबार, २०७९ | १५:१९:०० मा प्रकाशित
काठमाडाैं । नेप्से साताको कारोबारको चौथो दिन बुधबार सामान्य अंकले बढेको छ । आज नेप्से ५.१७ अंकले घटेर दुई हजार ३ सय ७६ दशमलब १७ विन्दुमा पुगेको हो । मंगलबार नेप्से १५.२ अंकले घटेर दुई हजार ३ सय ७० दशमलब ९९ विन्दुमा पुगेको थियो ।
आज नेप्सेमा एक अर्ब ८ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा एक अर्ब ४ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका १०८ कम्पनीको शेयरमूल्य बढेको छ भने ६९ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १०३८.८० रुपैयाँ पुगेको नेप्सेले जनाएकाे छ ।
नेप्सेका अनुसार आज सानिमा इक्वीटी फण्ड र सानिमा लार्ज क्याप कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ३ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको भएको छ । यस कम्पनीको आज ५ करोड २१ लाख भन्दा बढीको कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस