तालमेल नभएका पालिकामा अन्तिमसम्म गठबन्धनकाे कोसिस गरिने
- गाउँ सहर संवाददाता
- १४ बैशाख बुधबार, २०७९ | १५:५२:०० मा प्रकाशित
काठमाडाैं । सत्तारुढ गठबन्धनले स्थानीय निर्वाचनमा चुनावी तालमेल नभएका नगर र गाउँपालिकामा सिट बाँडफाँटका लागि प्रदेश र जिल्ला संयन्त्रलाई बैठक राख्न निर्देशन दिएको छ ।
आइतबार विहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकले सिट बाँडफाँटको समझदारीका लागि आवश्यक कार्य निर्देशन दिएको हो । अधिकांश पालिका चुनावी तालमेल नभएपछि शीर्ष नेताको बैठकले यस्तो निर्देशन दिएको छ ।
सत्तारुढ पाँच दलीय गठबन्धनले बागी उम्मेदवारी फिर्ता गराउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बुधवार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूको बैठकले महानगरपालिका, उपमहानगरपालिका र गठबन्धन भएका पालिकामा परेको बागी उम्मेदवारी फिर्ता गराउने निर्णय गरेको हो ।
बैठकले गरेको सात बुँदे निर्णयअनुसार ६ वटा महानगर र ११ वटा उपमहानगरपालिकामा गठबन्धनको निर्णय विपरीत दर्ता भएका उम्मेदवारी सम्बन्धित दलले फिर्ता गर्ने, गठबन्धन दलका सदस्यले स्वतन्त्र हैसियतमा दिएको उम्मेदवारी पनि सम्बन्धित दलले नै गराउने, गठबन्धनको प्रदेश र जिल्ला बैठक बसेर आजै महानगर र उपमहानगरका वडामा आजै सिट बाँडफाँटको साझेदारी गर्ने उल्लेख छ ।
यस्तै नगरपालिका र गाउँपालिकामा गठबन्धन दलका बीचमा भइसकेको सिट बाँडफाँट समझदारी विपरीत परेका उम्मेदवारी फिर्ता गराउने, समझदारी हुन नसकेका पालिकामा आजै स्थानीय र प्रदेश संयन्त्रले समझदारीका लागि पहल गर्ने उल्लेख छ । गठबन्धनका दलले गठबन्धनभित्रका दलबाहेक अरू दलसँग तालमेल नगर्ने र तालमेल भएका ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने पनि सहमति भएकाे छ ।
केन्द्रमा पाँच दलबीच चुनावी तालमेलको सहमति भए पनि स्थानीय स्तरमा भने तालमेल नमान्ने, बागी र स्वतन्त्र उम्मेदवारी दिने, विवाद गर्ने जस्ता क्रियाकलाप भइरहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस