यस्ताे छ आज माैसमी पूर्वानुमान
- गाउँ सहर संवाददाता
- १५ बैशाख बिहीबार, २०७९ | ०७:५२:०० मा प्रकाशित
काठमाडौं । नेपालमा पछिल्लो केही समययता स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ । जसका कारण मेघगर्जन र चट्याङ्सहित क्षणिक तथा हल्का वर्षा हुँदै आएको छ ।
आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यता सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
वाग्मती प्रदेश र प्रदेश १ का पहाडी भू–भागका थोरै स्थानमा र गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यता सफा रहनेछ । गण्डकी प्रदेश र प्रदेश– १को उच्च पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस