स्वास्थ्य

देशभर सक्रिय संक्रमितको संख्या २४३ पुग्याे

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार एक हजार ७७८ पीसीआर परीक्षणमा १३ जना र ९९३ एन्टिजेन परीक्षणमा एक जना गरी १४ जनामा संक्रमण पुष्टि भएको हो ।

बितेकाे २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या १९ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २४३ रहेको मन्त्रालयले जानकारी दिएकाे छ ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत