प्रविधि

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ­२०७९ को अवसरमा नेपाल टेलिकमकाे अफर

काठमाडाैँ । यही बैशाख १९ गते (मे २ तारिख) मनाइने चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ­२०७९ को अवसरमा नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस अफर उपलब्ध गराउने भएको छ ।

कम्पनीका ग्राहकहरुका लागि नेपाल टेलिकमले अनलिमिटेड डाटा र भ्वाइससहितको कम्बो प्याक, डाटा प्याक र बोनस अन रिचार्ज उपलब्ध गराउने भएको हो । यो अफर बैशाख १८ देखि बैशाख २४ (मे १ तारिख मे ७ तारिख) सम्म उपलब्ध हुनेछ ।

अफर अन्तर्गत ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा रु. ९८ मा खरिद गर्न सकिने छ । त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा रु. ९९ मा उपलब्ध हुंदै आएको राष्ट्रिय सूचना तथा सञ्चार दिवसको अवसरमा ५० प्रतिशत छुटसहित जम्मा रु. ४९ मा उपलब्ध हुने टेलिकमले जनाएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत