स्याङ्जा दुर्घटना अपडेटः मृतक १४ जनाकै सनाखत
- गाउँ सहर संवाददाता
- ३० बैशाख शुक्रबार, २०७९ | १५:५७:०० मा प्रकाशित
काठमाडौँ । स्याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घटनामा पर्दा मृत्यु भएका १४ जनाको सनाखत भएको छ । मृतक सबैजनाकाे सनाखत भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
मृत्यु हुनेमा वालिङ नगरपालिका १४ का माया पुन, प्रविन कुँवर, कुलदीप कुँवर, डेमा कुमारी कुँवर, हरिकला कुँवर, टंकलाल कुँवर, जमुना कुँवर, भीमकला कुँवर, मुवा कुँवर, मीना कुँवर, किप्फूल देवी कुँवर, कोर्ट कुमारी कुँवर, ज्ञानदली कुँवर र जानुका कुँवर रहेका छन् ।
स्याङ्जाको वालिङ नगरपालिका–१४ पञ्चमुल अर्खलबासको भित्रि सडकमा ग २ च ३०२६ नम्बरको जीप शुक्रबार बिहान दुर्घटना भएको थियो । दुर्घट्नामा परि अन्य ११ जना घाइते भएको प्रहरीले जनाएको छ ।
सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको उक्त जीप अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल खसेको थियो ।
दुर्घटनामा परी १३ जनाको घट्नास्थलमै मृत्यु भएको थियो भने १ जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटना स्थलमा उद्दार कार्य भइरहेको र घटना कसरी भयो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस