इन्टरेस्टिङ्ग काठमाडाैँ मेयर गणना, दुई प्रतिद्वन्दीभन्दा १३ हजार बढी मतमा वालेन्द्र
- गाउँ सहर संवाददाता
- ६ जेठ शुक्रबार, २०७९ | १३:३२:०० मा प्रकाशित
काठमाडाैँ । बहुचर्चित महानगरहरूमा क्रमशः वालेन्द्र, धनराज, रेनु, चिरीबाबु, राजेशमान र नागेश नै अहिलेसम्म अगाडि रहेका छन् । ६ महानगरपालिकामध्ये काठमाडाैँ महानगरकाे गणना एकदमै इन्टरेस्टिङ्ग हुँदै गइरहेकाे छ ।
काठमाडाैँ मेयरमा स्वतन्त्रका वालेन्द्र शाह (वालेन) मा सबैकाे आँखा परेकाे छ । किनकी उनी कुनै पार्टीबाट छुट्टिएर उम्मेदवार भएका हाेइनन् ।
काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार वालेन्द्र शाह (वालेन) लाैराे कै निरन्तर अग्रता कायम छ । उनले अहिलेसम्ममा २७ हजार ९६७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दीहरु झण्डै आधा बढि कममा छन् । एमालेका केशव स्थापीतले १४ हजार ७८२ र सिर्जना सिंहले १४ हजार ४३९ मत ल्याएका छन् । यस्तै उपमेयरमा एमालेकी सुनिता डंगाेलले २६ हजार ५७५ मत ल्याएकी छन् ।
अर्काे इन्टरेस्टिङ्ग कुरा याे छ कि स्थापीत र सिंहका काेर एरियामा पनि वालेन्द्रकाे मत राम्रै आएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस