अर्थतन्त्र

नेप्से १४.३७ अंकले बढ्याे, १ अर्ब ४ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार पनि दोहोरो अंकले बढेको छ । आज नेप्से १४.३७ अंकले बढेर दुई हजार २ सय ३१ दशमलव ५७ विन्दुमा बन्द भएको छ । मंगलबार नेप्से १६.३२ अंकले बढेर दुई हजार २ सय १७ दशमलव १९ विन्दुमा बन्द भएको थियो ।

तर आज शेयर बजार बढेपनि कारोबार रकम भने घटेको छ । आज १ अर्ब ४ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार १ अर्ब ८ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका १४८ कम्पनीको शेयरमूल्य बढेको छ भने ३९ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि चार कम्पनीको शेयरमूल्यमा वृद्धि भएको छ । बलेफी हाइड्रो, मैलुङखोला जलविद्युत कम्पनी, सिंगटी हाइड्रो र गुँरास लघुवित्त  वित्तीय संस्थाको शेयरमूल्य बढेको हो । यी कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले बढेको छ ।

त्यस्तै, आज कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ७.१३ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अप्पर तामाकोशी हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज ८ करोड ३४ लाख भन्दा बढीको कारोबार भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत