४४ मध्ये १९ वटा सार्वजनिक संस्थानहरू घाटामा
- गाउँ सहर संवाददाता
- १५ जेठ आइतबार, २०७९ | ०९:१३:०० मा प्रकाशित
काठमाडौँ । आर्थिक वर्ष २०७७/७८ मा सञ्चालनमा रहेको ४४ वटा सार्वजनिक संस्थानमध्ये २२ वटा मात्रै नाफामा रहेका छन् । अर्थमन्त्रालयका अनुसार बाँकी १९ वटा सार्वजनिक संस्थान घाटामा छन् ।
नाफामा सञ्चालन भएका संस्थानहरुबाट आव २०७७/७८ मा सरकारले ६ अर्ब ७२ करोड १४ लाख रुपैयाँ लाभांश प्राप्त गरेको छ । जबकी आव २०७६/७७ मा यस्तो नाफा १४ अर्ब ९ करोड ९५ लाख रुपैयाँ थियो । जुन ५२.३३ प्रतिशतले कमी हो ।
आव २०७७/७८ मा सार्वजनिक संस्थानको कुल सञ्चालन आयमा १.५१ प्रतिशतले वृद्धि भई ४ खर्ब ३५ अर्ब १७ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।
आव २०७७/७८ मा कुल ग्राहस्थ उत्पादन र कुल सञ्चालन आयको अनुपात १०.१७ प्रतिशत छ । उक्त आवमा सार्वजनिक संस्थानबाट प्राप्त भएको १४ अर्ब ८२ करोड ९ लाख रुपैयाँ आयकर प्राप्त भएको छ ।
उक्त आवमा संकलन भएको संघीय सरकारको कुल आयकरमा सार्वजनिक संस्थानबाट संकलित आयकरको योगदान ६.४९ प्रतिशत छ । आव २०७६/७७ मा यस्तो योगदान ८.८२ प्रतिशत थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस