गाउँ सहर

नगर प्रमुख जोशीकाे टाेलीद्वारा क्षतिग्रस्त नहर निरीक्षण

डडेलधुरा । परशुराम नगरपालिकाका नगर प्रमुख भरत वडायर जोशीको नेतृत्वकाे टाेलीले नहरको क्षतिग्रस्त अवस्थाकाे निरीक्षण गरेकाे छ । 

प्रमुख वडायरकाे टाेलीले शिर्ष कटाल नहरको क्षतिग्रस्त क्षेत्र प.न.पा.३ (किमिखेत-गगरखेत) पहिरोको स्थलगत अनुगमन निरिक्षण गरि उक्त योजना मर्मत सुधारका लागी योजना स्थलबाट सिँचाई सवडिभिजन कार्यालय एवं अन्य सम्बन्धीत निकायमा आवश्यक बजेट व्यवस्थाका लागी पहल गरेकाे छ । 

साथै  वडा नं. १ सलौनको अवरुद्ध सिंँचाई कुलो मर्मत सम्भार गरि सञ्चालनका लागि समेत सम्बन्धित निकायमा पहल गरिएकाे नगरप्रमुख वडायरले बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत