फेरि शुरू हुन थाल्याे मेलम्चीबासीका दु:ख
- गाउँ सहर संवाददाता
- २६ जेठ बिहीबार, २०७९ | ०९:३४:०० मा प्रकाशित
काठमाडौं । निरन्तरको वर्षापछि आएको बाढीले मेलम्चीबासी प्रभावित हुन थालेका छन् ।
वर्षायाम सुरु भएसँगै सिन्धुपाल्चोकको मेलम्ची नदी आसपास क्षेत्र प्रभावित हुन थालेको हाे । गएराति आएको भारी वर्षाका कारण मेलम्ची नदीमा बनाइएका अस्थायी संरचना बगाउन थालेको छ ।
निरन्तरको वर्षापछि आएको बाढीले मेलम्चीको फट्टेमा ह्युमपाइप राखेर बनाएको बाटोमा क्षति गरेको छ ।
जसका कारण आवातजावतमा समस्या भएको छ । यसबाट ६ वटा वडाका नागरिक प्रभावित भएका छन्। अघिल्लो वर्ष असार १ गते आएको बाढीले पक्की पुल बगाएपछि त्यहाँ अस्थायी संरचना निर्माण गरिएको थियो ।
तर, गएरातिदेखिको वर्षापछि आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुल बगाएको हो । उक्त पुलको अवस्थाबारे जानकारी लिन मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङसहितको टोली त्यहाँ पुगेको छ ।
मेयर तामाङले बाढीले क्षति पुर्याएको संरचना मर्मत गर्न लागिएको बताएका छन् । मनसुन सक्रिए भएसँगै मेलम्चीबासी त्रसित हुन थालेका छन् ।
१ असार र १६ साउनमा आएको बाढीका कारण मेलम्ची नदीमा वितण्डा मच्चिएको थियो । भूगर्वविदसहितको प्राविधिक टोलीले २२ साउदेखि ४ दिन भेमाथाङ्गमा बसेर त्यहाँको स्थलगत अनुगमन गरेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस