अर्थतन्त्र

बुधरबार बढेकाे शेयरबजार एकदिन पनि टिकेन, नेप्से र काराेबार रकम दुवै घट्याे

काठमाडौं । बुधबार उच्च अंकको वृद्धि भएकाे नेप्से एक दिन पनि टिकेन । पछिल्लो ८ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से बुधबार २.९८ प्रतिशत अर्थात ६०.२२ अंक बढेर २०८०.४४ विन्दुमा पुगेको थियाे ।

तर भाेलीपल्टै आज बिहीबार दोहोरो अंकले घटेको छ ।

यसदिन नेप्से परिसूचक १७.५८ अंकले घटेर  २०६२.८६ बिन्दुमा पुगेको हो ।

आज बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । बजारमा आज  एक अर्ब ४७ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुधबार नेप्सेमा एक अर्ब ६४ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।  

त्यस्तै, आज ३५ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १६० वटा कम्पनीको शेयरमुल्य घटेको छ ।

आज दुई कम्पनीको शेयरमूल्य उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीमा उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोपावर कम्पनी रहेका छन् । उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने बलेफी हाइड्रोपावर कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले बढेको छ ।    

त्यस्तै, आज समित लघुवित्त वित्तीय संस्था र सिंगटी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

यसदिन कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार कुमारी बैंकको भएको छ । यस बैंकको आज ६ करोड ७४ लाख भन्दा बढीको कारोबार भएको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत