गोला प्रथाबाट भक्तपुर जिसस प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस विजयी
- गाउँ सहर संवाददाता
- २८ जेठ शनिबार, २०७९ | २०:१९:०० मा प्रकाशित
भक्तपुर । जिल्ला समन्वय समिति (जिसस) भक्तपुरको प्रमुखमा नेकपा एमालेका इश्वर थापा विजयी भएका छन् । गोला प्रथाबाट उनी जिसस प्रमुखमा विजयी हुन सफल भएका हुन् । उपप्रमुखमा भने कांग्रेसकी सुजाता बाडे विजयी भएकी छिन् ।
जिल्ला समन्वय समितिका लागि यहाँं आठ जना मतदाता थिए । चार वटा नगरपालिकाका प्रमुख र उपप्रमुख यसका लागि मतदाता हुन्छन् । जिल्लामा सत्ता गठनबन्धनको तीन, एमालेको तीन र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को दुई मत थियो ।
यो हिसाबले नेमकिपा निर्णायक भएको थियो । त्यसकारण उसलाई मनाउन दुवै पक्षका दलले भरपुर प्रयास गरेका थिए । दुवै पक्षले नेमकिपालाई प्रमुख पद दिएका थिए । तर, उक्त पार्टीले एमसीसी पास गर्ने दलहरूसँंग कुनै हालतमा गठबन्धन नगर्ने अडान राखेपछि मतदान भएको थियो । मतदानमा सत्ता गठबन्धन र एमाले दुवैले तीन तीन मत प्राप्त गरेका थिए । मत बराबर भएपछि गोलाप्रथा गरिएको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस