खेल

एएफसी एसियन कप छनोट खेलमा नेपाल र इन्डाेनेसिया खेल्दै

काठमाडौं । नेपालले आज एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत खेल इन्डोनेसियासँग गर्दैछ ।

कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले तेस्रो तथा अन्तिम खेलको इन्डोनेसियाको सामना गर्नेछ । नेपाल र इन्डोनेसियाबीचको खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।

लगातार दुई खेल गुमाएकाे नेपाल बलियो टिम इन्डोनेसियाविरुद्ध उत्कृष्ट प्रदर्शन गरि पहिलो जितको खोजीमा छ  ।

बुधबार भएको पहिलो खेलमा नेपाल जोर्डनसँग २-० ले पराजित भएको थियो ।

यस्तै शनिबार भएको दोस्रो खेलमा नेपाललाई आयोजक कुवेतले ४-१ गोल अन्तरले हराएको थियो ।

छनोटको समूह 'ए' मा रहेको नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ । नेपालको एसियन कपमा छनोट हुने सम्भावना समाप्त भईसकेको छ ।

इन्डोनेसिया २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत