एमालेको अवरोधपछि संसद् बैठक स्थगित, अर्थमन्त्रीले दिए प्रष्टीकरण
- गाउँ सहर संवाददाता
- ३१ जेठ मंगलबार, २०७९ | १७:०९:०० मा प्रकाशित
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधपछि मङ्गलबारको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
बजेट निर्माण गलत प्रक्रियाबाट भएको भन्दै प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधिसभा बैठकमा अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले बुधबारसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् । सदनमा अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक महत्वको वक्तव्य दिएपछि एमालेले बैठकमा अवरोध गरेको हो ।
सभामुख सापकोटाले बैठक अगाडि बढाउन पटकपटक अनुरोध गरे पनि एमाले सांसदले उठेर अवरोध गरेपछि मंगलबारको बैठक स्थगित भएको हो ।
एमालेको अवरोध कायमै रहेपछि कार्यसूचीमा रहेको बाँकी कार्यक्रम हटाएर सभामुख सापकोटाले बैठक स्थगित भएको जानकारी दिएका हुन् ।
सदनमा विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि उठेका प्रश्नको मन्त्री र प्रधानमन्त्रीले जवाफ दिनेक्रम चलिरहेको छ । अर्को बैठक असार १ गते बुधबार बिहान ११ बजे बस्नेछ ।
एमालेका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले संसदीय छानबिन गठन गर्नुपर्ने माग गरेका छन् ।
‘यो गम्भीर विषय सदनमा प्रवेश भइसकेपछि, सारा जनताले थाहा पाइसकेपछि, मिडियामा आइसकेपछि खास खास घरानाका मान्छेले प्रश्रय दिने गरी करको दरमा हेरफेर भइसकेपछि यो सदन मुकदर्शक भएर बस्न सक्दैन’ उनले भने ।
सांसद भट्टराईका अनुसार बजेट निर्माण गर्ने क्रममा जेठ १४ गते राति अर्थ मन्त्रालयमा अर्थमन्त्रीको प्रतिनिधि बनेर अनधिकृत व्यक्ति प्रवेश गरेका थिए । उनले विभिन्न व्यापारिक घरानालाई फाइदा हुने गरी करको दर हेरफेर गरेका थिए ।
‘त्यो खालको व्यक्तिहरु प्रवेश गराएर करको दर हेरफेर गराउने, यो भन्दा ठूलो राष्ट्रघात अर्को हुन सक्दैन । यो भन्दा ठूलो वित्तीय अपराध अरु हुन सक्दैन’ उनले भने ।
भट्टराईले जेठ १४ गते राति अर्थ मन्त्रालयमा बजेट निर्माण भइरहेको ठाउँको सीसीटीभी फुटेज सार्वजनिक गर्न पनि माग गरेका छन् ।
तर अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका सबै प्रक्रिया आधिकारिक रुपमा भएको प्रष्टीकरण दिएका छन् । संसदमा उठेका प्रश्नबारे मंगलबार जवाफ दिँदै उनले बजेट तर्जुमा सम्बन्धी विषय तोकिएको जिम्मेवारी भित्र रहेर बनाइएको बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस