वातावरण

काठमाडौं उपत्यका लगायत यी जिल्लाहरूमा सतर्कता अपनाउन माैसम विभागकाे अनुराेध

काठमाडाैं । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले काठमाडौं उपत्यकासहित सो आसपासका जिल्लामा गएराति भारी वर्षा भएकोले यसका तटिय क्षेत्रमा बस्नेहरूले सतर्कता अपनाउन आग्रह गरेकाे छ । 

विभागले पछिल्लो ४ घण्टा काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक, मकवानपुर, सिन्धुली, गोरखा र आसापास भारी बर्षा मापन, बागमतीका सहायक नदीहरू मनोहरा, हनुमन्ते, विष्णुमती लगायतमा वहाव सतर्कता नजिक पुगेकोले बागमतीको तटिय क्षेत्रमा अर्को ४ घण्टा उच्च सतर्कता अपनाउन भनेकाे छ ।

जल तथा मौसम विज्ञान विभागले आज बिहान साढे २ बजे ललितपुरको खोकनामा जलसतहले सतर्कताको तह पारेको र बढ्दो क्रममा रहेको भन्दै आज बिहान ६ बजेसम्म बागमती तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन एसएमएस मार्फत् आग्रह गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत