अर्थतन्त्र

उतार चढावबीच शेयरबजार झिनाे अंकले बढ्याे, काराेबार अर्ब नाघ्याे

काठमाडाैं । लगातार घटिरहेकाे शेयरबजार परिसूचक नेप्से बिहीबार झिनाे अंकले उकालाे लागेकाे छ । यसदिन नेप्से १२ अंकले बढेको छ ।

यो दिन बजार मापन गर्ने सूचक १२.५७ अंकले बढेर परिसूचक १९७८.९४ बिन्दुमा रोकिएको छ ।

ठूला कम्पनीका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.१० अंकले बढेर ३८२ बिन्दुमा रोकिएको छ । २२१ कम्पनीको ३५ लाख ९४ हजार ५९४ कित्ता सेयर १ अर्ब १८ करोड ७१ लाख ४५ हजार ५१९ रुपैयाँको सेयर किनबेच भएको छ ।

यस दिन आँधिखोला हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने रिभर फल्स हाइड्रोपावर, सामुदायीक लघुवित्त र कालिका लघुवित्तको शेयरमूल्य बढेका छन् ।

लुम्बिनी जनरल इन्स्योरेन्स, राष्ट्र उत्थान लघुवित्त, माउन्टेन इनर्जीको शेयरमूल्य घटेको छ ।

बिहीबार नेपाल दुरसञ्चार कम्पनीको सबैभन्दा धेरै १३ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने एनसिसि बैंकको १० करोड ३५ लाख, सिभिल बैंकको ४ करोड ७१ लाख र एनआइसि एशिया बैंकको ३ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत