खेल

कुवेतलाई नेपालले दियाे १०८ रनको लक्ष्य

 

काठमाडाैं । मलेसियामा जारी एसीसी महिला टी ट्वान्टी च्याम्पियनसिपमा नेपालले कुवेतलाई १०८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कुवेतमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १०७ रन बनायो ।

नेपालका लागि कप्तान रुविनाले सर्वाधिक ३४ रन जोड्दै अविजित रहिन् । उनले २७ बलमा ४ चौका प्रहार गरिन् । यस्तै, इन्दु ३३ बलमा २ चौकासहित २८ रनमा अविजित रहिन् ।

उनीहरुले पाँचौं विकेटका लागि ६० रनको साझेदारी गरेका थिए । नेपालकी ओपनर ज्योति पाण्डेले २१ बलमा १ चौकासहित १५ रन बनाइन् । यता, बिन्दु रावलले ११, सीता रानामगरले ५ र काजल श्रेष्ठले ५ रन बनाइन् ।

बलिङतर्फ कुवेतका लागि मारिमा हेदरले दुई विकेट लिइन् । मारियम ओमार र खादिला खाजिलले एक एक विकेट लिइन् । 

आजको खेलमा नेपाल सहज जित निकाल्ने योजनामा छ ।

नेपाल लगातार दोस्रो जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत