नेपाली भाषा शिक्षकहरुका लागि प्रबोधीकरण
- गाउँ सहर संवाददाता
- ४ असार शनिबार, २०७९ | १९:४९:०० मा प्रकाशित
पोखरा । नेपाली भाषा शिक्षक परिषद कास्कीको आयोजनामा पोखरामा एक दिने प्रबाेधीकरण कार्यक्रम सम्पन्न भएको छ । परिवर्तित पाठ्यक्रम तथा पाठयपुस्तक सम्बन्धी प्रबाेधीकरण कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रकी नेपाली विषय विज्ञ पाठ्यक्रम अधिकृत इन्दु खनालले कक्षा ९ र कक्षा ७ को हालै परिवर्तित नेपाली विषयको पाठ्यक्रमबारे सहजीकरणा गरेकी थिइन् ।
परिषदका अध्यक्ष डिल्लीराम अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै पोखरा महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले पाठ्यक्रमलाई आधार मानेर अध्यापन गर्न आग्रह गर्दै शिक्षक निर्देशिका विशिष्टिकरण तालिकार पाठ्य घण्टाको सही प्रयोगले नै सिकाई उपलब्धि हासिल गर्न सकिने बताए ।
कार्यक्रममा परिषद्का सल्लाहकारहरु सहप्राध्यापक पुण्य प्रसाद शर्मा, ग्लोबल कलिजियटका प्राचार्य बाबुराम पन्त, परिषद्का पूर्व अध्यक्षहरु लोकचन्द्र खनाल, डोलराज अर्याल, सल्लाहकार दिनेश सापकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
परिषदका सचिव सूर्य प्रसाद लम्सालले सञ्चालन तथा उपाध्यक्ष विक्रम पौडेलले स्वागत गरेको उक्त कार्यक्रममा २०० बढी भाषा शिक्षकको सहभागिता रहेको कार्यक्रम संयाेजक शिबहरि सुवेदीले जानकारी दिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस