गाउँ सहर
वालेनकाे चुनावी खर्च ३ लाख ९४ हजार
- गाउँ सहर संवाददाता
- ६ असार सोमबार, २०७९ | २१:१५:०० मा प्रकाशित
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले स्थानीय चुनावको प्रचारप्रसारलगायत अभियानमा क्रममा ३ लाख ९४ हजार खर्च भएको विवरण पेस गरेका छन् । उनले सोमबार आफ्नो खर्चको विवरण सार्वजनिक गर्दै चुनावी अभियानमा ३ लाख ९४ हजार ४ सय ८९ रुपैयाँ खर्च भएको उल्लेख गरेका हुन् ।
यसमध्ये मतगणनाको समयमा १ लाखभन्दा बढी रकम खर्च भएको पनि उनले उल्लेख गरेका छन् । उनले भनेका छन्, "मतगणना ढिलो भएर निर्वाचन प्रक्रियालाई लामो र बोझिलो मात्रै बनाएको छैन, उम्मेदवारका लागि महंगो बनाइरहेको छ । यसमा सबैको ध्यान जान जरुरी छ ।"
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस