दिगोविकास
राजीनामा दिँदै मन्त्री प्रेम आलेले आफैँले आफैँलाई ९० नम्बर दिए
- गाउँ सहर संवाददाता
- १२ असार आइतबार, २०७९ | १९:०९:०० मा प्रकाशित
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेले आफ्नो कार्यकालमा ९० प्रतिशत अङ्क ल्याउने गरी काम गरेको दाबी गरेका छन् ।
आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्री आफ्नो कार्यकालमा ९० प्रतिशत अङ्क ल्याउने गरी काम गरेको दाबी गरेका हुन् । उनले आफ्नो कामको मूल्याङ्कन जनताले गर्ने बताए ।
‘कसैले तपाईंको कामबाट कति ल्याउँछस्? भनेर सोधे भने ९० प्रतिशत अङ्क ल्याएको ठानेको छु,’ पत्रकार सम्मेलनमा आलेले भने, ‘बाँकी जनताले मूल्याङ्कन गर्ने नै छन् । उनले आफू प्रक्रियामा भन्दा पनि एक्सनमा जोड दिने व्यक्ति भएको बताए ।
उनले मन्त्रालयमा २६३ दिन बितेको पत्तै नपाएको उनले बताए । मन्त्री बनेर काम गर्न दिइएकोमा आलेले पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई धन्यवाद दिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस