गाउँ सहर
आईजीपी बढुवाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा सकियाे, फेरि अर्काे मिति ताेकियाे
- गाउँ सहर संवाददाता
- १३ असार सोमबार, २०७९ | १८:१९:०० मा प्रकाशित
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिसम्बन्धी विवादमा सर्वोच्चमा भइरहेको सुनुवाइ १९ असारसम्म सरेको छ ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा. कुमार चुडालको संयुक्त इजलासले उक्त मुद्द हेर्दाहेर्दैमा राखेर अर्को सुनुवाइ १९ असारमा तोकेको छ ।
सरकारले आफूभन्दा कनिष्ठ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई प्रहरी महानिरीक्षक नियुक्त गरेको भन्दै अर्का एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दिएका थिए ।
२० साउनसम्ममा पोखरेलको पक्षमा आदेश नआए उनले अवकाश पाउनेछन् । सिंह आईजीपीमा बढुवा भएसँगै पोखरेल एक महिना विदा लिएर बसेका थिए । एक महिना विदा सकिएपछि उनले पुनः १० दिन विदा माग्दै निवेदन दिएका थिए । तर आईजीपी सिंहले उनले मागेको विदा अस्वीकृत गरिदिएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस