महाकाली नदी किनारका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह
- गाउँ सहर संवाददाता
- १६ असार बिहीबार, २०७९ | ०९:०९:०० मा प्रकाशित
काठमाडाैं । भारतले धारचुलाको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोल्दा महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना रहेको भन्दै दार्चुला जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
भारतको तपोवनस्थित धारचुलाको धौलीगंगा जलविद्युत् परियोजनाको ड्याम साइटमा बिहीबार बिहान ५ बजे देखि बेलुकी ८ बजेसम्म 'सिल्ट फ्लसिङ' को काम हुने र उक्त प्रयोजनका लागि बाँधको ढोका खोलिने भनेर एनएचपीसी लिमिटेड, धौलीगंगा पावर स्टेसन, धारचुला, पिथौरागढबाट पत्राचार आएको दार्चुला जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बेलुका ८ बजेपछि पनि महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना भएकोले महाकाली नदी किनार तटीय क्षेत्रका बासिन्दाहरुलाई पूर्व सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस