दिगोविकास

जन्म दिनमा जसले दिइन् सिटिजन लाइफ इन्स्याेरेन्सकाे बीमालेख उपहार

इटहरी । जन्म दिन अनि उपहार स्वभाविक मानिन्छ । तर पछिल्लाे समयमा जन्म दिनमा दिइने उपहारकाे स्वरूप भने फेरिन थालेकाे छ । जन्म दिनमा फजूल खर्च गर्ने भन्दा बचत गर्ने बानी पनि शुरू हुन थालेकाे छ । 

इटहरी उपमहानगर पालिका वडा नं. २ का गणेश सुनामले जन्म दिनकाे उपलक्ष्यमा श्रीमतीबाट बीमालेख उपहार पाए । 

जन्मदिनकाे अवसरमा श्रीमती तारादेवी दर्जीले श्रीमान सुनामका लागि १५ लाख बराबरकाे सिटिजन लाइफ इन्स्याेरेन्स कम्पनीकाे बीमालेख उपहार दिएकी हुन् ।

दर्जीले श्रीमानकाे बचत गर्ने बानीकाे विकास र सुरक्षाका लागि साे बीमालेख उपहारस्वरूप आफ्ना श्रीमानलाई दिएकाे बताइन् ।

साे बीमालेख उपहार हस्तान्तरण कार्यक्रममा इटहरी एरियाका एरिया ब्राञ्च मेनेजर रामबहादुर खत्री, इटहरी शाखाप्रमुख दिपेन्द्र प्रधान र कम्पनी सिनियर एजेन्सी मेनेजर प्रमिला प्रधानले शुभकामना दिएका थिए । 

पछिल्लाे समय जन्म दिनमा बीमालेख उपहार दिने चलन बढ्दाे रहेकाे छ ।  

गाउँ सहर संवाददाता

तपाईँको मत