राजनीति

संसद शासन प्रणालीको महत्वपूर्ण आधार स्तम्भ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद शासन प्रणालीको महत्वपूर्ण आधार स्तम्भ भएकाे बताएका छन् । 

६४ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुद बनाउन संसदीय व्यवस्थाले नै सहयोग पुगेको बताएका हुन् । 

राजनीतिभन्दा माथि उठेर मुलुकको लोकतान्त्रिक विकासमा संसदको महत्वपूर्ण भूमिको बताएका छन् । 

उनले भने, ‘अहिले हामी संघीय लोकतान्त्रिक व्यवस्थामा छौँ। संसद शासन प्रणालीको महत्वपूर्ण आधार स्तम्भ हो। संविधान सभाबाट नेपालले व्यवस्थापिकालाई आत्मसाथ गरेको छ । गणतान्त्रिक संसदीय व्यवस्था मार्फत हामी मुलुकलाई समृद्ध बनाउने अभियानमा जुटेका छौँ ।’ 

गाउँ सहर संवाददाता

तपाईँको मत