६३ लाख रुपैयाँ ठगी गर्ने युवती पक्राउ
- गाउँ सहर संवाददाता
- २२ असार बुधबार, २०७९ | १४:०३:०० मा प्रकाशित
काठमाडौं । न्युजिल्यान्ड पठाइदिन्छु भन्दै ६३ लाख २० हजार रुपैयाँ ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काठमाडौं बूढानीलकण्ठ नगरपालिका–३ घुम्ती कपन बस्दै आएकी २७ वर्षीया शोभा पौडेल छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले काठमाडौंको तिनकुने बस्ने नारायण बोगटीसहित नौ जनालाई ठगी गरेको पाइएको छ ।
प्रतिव्यक्ति १२ लाख ५० हजार रुपैयाँको दरले लिएर सम्पर्कविहीन भएपछि उनको खोजीका लागि वैदेशिक रोजगार विभागले प्रहरीलाई पक्राउ गर्न पत्राचार गरेको थियो । थप अनुसन्धान र कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग बुझाइएको प्रहरीले जनाएको छ ।
रकम लिएर सम्पर्कविहीन भएपछि वैदेशिक रोजगार विभागले पौडेललाई पक्राउ गरी उपस्थित गराइदिन पत्राचार गरेको थियो । त्यसपछि प्रहरीले मंगलबार साँझ ५ बजे पौडेललाई कपनबाट पक्राउ गरेको हो ।
न्युजिल्याण्ड जान १२ लाख ५० हजार रुपैयाँ लाग्ने, त्यहाँ कृषि कम्पनीमा फलफूल टिप्ने काम लगाइदिने र मासिक तलब एक लाख ७० हजार रुपैयाँसम्म हुने भन्दै उनले ६३ लाख रुपैयाँ रकम लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी दिनेशकुमार आचार्यले जानकारी दिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस