गाउँ सहर

पछिल्लो ११ महिनामा देशभर ५ सय ४८ जनाको हत्या, प्रदेश–१ मा मात्रै ११२

काठमाडाैँ । पछिल्लो ११ महिनामा देशभर ५ सय ४८ जनाको हत्या भएको छ । २०७८ साउनदेखि २०७९ जेठसम्ममा ७ प्रदेश र उपत्यकामा ५४८ वटा ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हत्याका घटना प्रदेश १ मा सबैभन्दा धेरै भएको छ । पछिल्लो ११ महिनामा प्रदेश–१ मा ११२ वटा हत्याका घटना भएका छन् । मधेश प्रदेशमा १०४ वटा ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ । काठमाडौँ उपत्यकामा ४२ जनाको हत्या भएको छ ।

लुम्बिनी प्रदेशमा ९८ वटा हत्याको घटना भएको प्रहरी प्रवक्ता ९एसएसपी० विष्णु केसीले रातोपाटीलाई बताए । बागमती प्रदेशमा ६०, गण्डकीमा ४२, कर्णालीमा ३७ र सुदूरपश्चिम प्रदेशमा ५३ जनाको हत्या भएको छ ।

हत्यामा संलग्न आरोपीमध्ये अधिकांश कानुनी दायरमा आएकाे प्रहरीले बताएकाे छ ।

सो अवधिमा ९ सय ६२ वटा ज्यान मार्ने उद्योगका घटना भएका छन् । भवितव्यमा परेर ४ हजार १५२ जनाले ज्यान गुमाएका छन् ।  साउन यता १५ सय २२ वटा फुटकर ज्यान सम्बन्धी घटना भएका छन् । बेवारिसे अवस्थामा भेटिएका र पहिचान नखुलेका घटनालाई प्रहरीले फुटकर ज्यान सम्बन्धी घटना भन्ने गरेको छ ।

११ महिनामा प्रहरीले गर्भ संरक्षण विरुद्ध कसुर गर्ने ३३ जनालाई मुद्दा चलाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत