एलआइसीले दियो मृत्युदाबी
- गाउँ सहर संवाददाता
- २४ असार शुक्रबार, २०७९ | १९:५०:०० मा प्रकाशित
पाेखरा । जीवन विमाको क्षेत्रमा अग्रणी संस्था एलआईसी नेपालले स्वर्गीय कमल अधिकारीको परिवारलाई मृत्युदावीको रकम हस्तान्तरण गरेको छ ।
पोखरा महानगरपालिका वडा नं २६ बुढिबजार निवासी ४२ वर्षिय कमल अधिकारीले वि स २०७७ भदौमा एलआईसी नेपालमा ४० लाख ७० हजारको बीमा पोलिसीमा मृत्यु दावी परेपछि उनको आश्रीत परिवारलाई शुक्रवार एक कार्यक्रमकाबीच पोखरा महानगरपालिकाका वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङले ४३ लाख ४२ हजार छ सय ९० रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
स्वर्गाीय अधिकारीको बीमा गरेको आठ महिनामा नै कोरोना संक्रमणका कारण २०७७ चैतमा निधन भएपछि निजकी श्रीमती लक्ष्मी अधिकारी र छोरा विकास अधिकारीलाई बीमाङ्क र एक वर्षको लाभांशसहित ४३ लाख ४२ हजार छ सय ९० रुपैयाँको चेक प्रदान गरिएको हो ।
अधिकारीले पहिलो किस्ताको दुई लाख रुपियाँ मात्र बुझाएका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस