अर्थतन्त्र

नेपाल लाइफको सिइओमा प्रविण रमण पराजुली नियुक्त

काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्सको सिइओमा प्रविण रमण पराजुली नियुक्त भएका छन् । कम्पनीले उनलाई साउन ४ गतेदेखि लागु हुने गरी सिइओ नियुक्त गरेको हो ।

बीमा समितिले पराजुलीलाई सिइओ नियुक्त गर्न साउन ३ गते स्वीकृति प्रदान गरेको थियो । साउन ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले पराजुलीलाई आगामी ४ वर्षको लागि सिइओ नियुक्त गरेको हो ।

पराजुली रिलायन्स लाइफ इन्स्योरेन्सको सिइओबाट बाहिरीएपछि नेपाल लाइफमा डेपुटी नियुक्त भएका थिए ।

कुलिङ्ग पिरियडका कारण डेपुटी सिइओ बनेका उनले ६ महिनापछि सिइओको जिम्मेवारी समालेका हुन् ।

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा चार वर्षे कार्यकाल पुरा गरेर गत पुस १४ गतेदेखि बाहिरिएका थिए ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत