अर्थतन्त्र

प्रभु बैंकले कमायाे दुई अर्ब ६० करोड तीन लाख ९७ हजार रुपैयाँ

काठमाडौँ । प्रभु बैंकको खुद मुनाफा उच्चरुपमा बढेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा दुई अर्ब ६० करोड तीन लाख ९७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने बैंकले एक अर्ब ७२ करोड आठ लाख ७५ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

बैंकको चुक्ता पुंजी १२ अर्ब ७० करोड ८७ लाख चार हजार रुपैयाँ रहेको छ । बैंकले आव २०७८/७९ मा एक खर्ब ७८ अर्ब ६५ करोड २१ लाख ७१ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४५ अर्ब ९६ करोड १९ लाख १६ हजार रुपैयाँ कर्जा प्रवाह गर्दा छ अर्ब १८ करोड दुई लाख ८९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । बैंकमा एक दशमलव २० प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने वितरणयोग्य नाफा भने एक अर्ब ४१ करोड ३३ लाख ३२ हजार रुपैयाँ रहेको छ ।

बैंकले अघिल्लो आवमा भने एक खर्ब ६४ अर्ब ८५ करो पाँच लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३५ अर्ब ११ करोड ७७ लाख ७४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच अर्ब दुई करोड ३३ लाख पाँच हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जाको अनुपात एक दशमलव ६८ प्रतिशत रहेको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत