खेल

साफ यू–२० च्याम्पियनसिप आजदेखि भारतमा सुरु

काठमाडाैं । भारतको भुवनेश्वरमा साफ यू–२० च्याम्पियनसिप आज सोमबारदेखि सुरु हुँदै छ र त्यसको पहिलो खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । 

कालिंगा स्टेडियममा हुने उद्घाटन खेलमा नेपालले आज माल्दिभ्सको सामना गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार ४:१५ बजे सुरु हुनेछ ।

साफको फाइनल पुग्ने लक्ष्य लिएको नेपाल माल्दिभ्सलाई हराएर सुखद सुरुआत गर्ने योजनामा रहेको छ ।

प्रतियोगितामा नेपाल र माल्दिभ्ससँगै भारत, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । राउन्ड रोबिनका आधारमा चल्ने प्रतियोगितामा नेपालले बुधबार श्रीलंकाको सामना गर्नेछ ।

त्यसपछि नेपालले आइतबार भारत र मंगलबार बंगलादेशको सामना गर्नेछ । लिग चरणको समाप्तिमा शीर्ष दुई स्थानमा रहने टिमले फाइनल यात्रा तय गर्नेछन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत